इटहरी : सहिद दिवसको अवसरमा लियो क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ इटहरी सिटीले वृद्ध वृद्धालाई न्यानो कपडा वितरण गरेका छन् । इटहरीको रामजानकी वृद्धाश्रममा दुवै क्लबले बुधवार संयुक्त रूपमा कपडा वितरण गरेका हुन् ।
लियो क्लबका अध्यक्ष अमरदीप पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा २५ जना वृद्ध वृद्धाले कपडा पाएको बताइएको छ । लायन्स क्लबका अध्यक्ष अम्बिका नेपाल, कोषाध्यक्ष पुष्कर चापागाईँ, सचिव कौसल श्रेष्ठ सहित दुई नम्बर रिजनका अध्यक्ष कृष्ण थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 
चिसो मौसम बढिरहेको अवस्थामा मानवीय हिसाबमा सहयोग गरिएको लियोका अध्यक्ष अमरदिप पौडेलले बताए । उनका अनुसार कोट, टोपी र मिठाई खुवाएर सम्मान गरिएको हो । क्लबका सदस्यहरू प्रवीण जेयस र दीपक खड्काले उपलब्ध गराएको कपडा वितरण गरिएको पौडेलेको भनाइ छ ।
lions club 2