धरान : झापाको दमक-२ का निखिल विश्वकर्मालाई प्रहरीले लागुऔषध सहित मोरङ मिक्लाजुङ-७ मा लागुऔषध सहित शनिवार दिउँसो पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मधुमल्लाको प्रहरी टोलीले चेकजाँच गर्दा निखिलको साथबाट ट्रमाडोल र स्पास्पेन समेत २३९ क्याप्सुल बरामद गरेको हो । पक्राउ परेका उनको बारेमा थप अनुसन्धान भइरहेको छ ।