धरान : धरान-४ स्थित आधारभूत विद्यालय हर्दियाका विद्यार्थीहरूलाई तरुण दल धरान नगर समितिले जाडोमा लगाउने ट्रयाक सुट सहित शैक्षिक सामाग्री वितरण गरेको छ ।
विद्यालयमा सोमवार आयोजित कार्यक्रममा ४० जना छात्र छात्रालाई न्यानो ट्रयाक सुट ४० थान सहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।
स्कुलका बालविकास देखि कक्षा ८ सम्मका ४० जना विद्यार्थीहरूलाई ट्रयाक सुट तथा शैक्षिक सामाग्री वितरण गरिएको तरुण दलका सचिव मनोहर श्रेष्ठले बताए ।
उनका अनुसार तिहारमा खेलिएको देउसी भैलो बाट सङ्कलन भएको रकमबाट सामाजिक, शैक्षिक सदुपयोग गरौँ भन्ने उद्देश्यबाट तरुण दल धरानले हर्दिया सही २ वटा विद्यालयहरूमा ट्रयाक सुट तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
तरुण दलले यस अघि धरान-२० को बिकट गाउँ खैरे स्थित चण्डिका भवानी आधारभूत विद्यालयका २८ जना विद्यार्थीहरूलाई ट्रयाक सुट सहित शैक्षिक सामाग्री वितरण गरेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य देवेन्द्र लिम्बू, विद्यालय व्यवस्थापन अध्यक्ष गणेश बहादुर राई, प्रधानाध्यापक श्रवण चौधरी, तरुण दल धरान नगर उपाध्यक्ष विक्रम तामाङ, सहसचिव प्रेमजङ्ग बस्नेत उपस्थित थिए । अध्यक्षता धरान अध्यक्ष राम तामाङले गरेका थिए ।