धरान : इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले आज बुधवार बिहान ५ बजेको समयमा धरान-१७ विष्णुपादुका जाने सर्दुखोलाको पुलमा रोकिराखेको कारबाट १०१ केजी बेवारिसे गाँजा बरामद गरेको छ ।

प्रहरीलाई प्राप्त सूचनाको आधारमा प्रहरी टोली जाँदा बा ९ च १७६८ नम्बरको कार सर्दुखोलाको पुलमा रोकिराखेको थियो । प्रहरीलाई शङ्का लागि चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएका हो ।

गाँजा बरामद भएको कार प्रहरीले नियन्त्रणमा लिई ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएका छ ।