धरान : सुनसरी कोशी गा.पा-१ र भोक्राहा नरसिंह-३ बाट ब्राउन सुगर सहित ४ जनालाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामधुनी-३ का २३ वर्षीय मोहम्मद जाविरको साथबाट १ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

सप्तरी कन्चनरुप-७ का २२ वर्षीय विजय खड्कासँग २ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर, नाईट्राभेट १५ ट्याब्लेट बरामद भएको छ । हनुमानगर कंकालिनी-१० का २४ वर्षीय रोहित मण्डलसँग २ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

उदयपुर रौतामाई-७ का २८ वर्षीय पदम बहादुर मगरबाट २० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

ब्राउनसुगर सहित पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको छ ।