धरान : पाहुना टोली भारतको खर्साङ क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) काठमाडौँ क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई ३–१ को फराकिलो अन्तरमा पराजित गर्दै एनआरटीले २५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

एनआरटीका शिशिर लेखी,प्रदीप बुढाथोकीले गोल गरे । शिशिर लेखीले खेलको २८ औँ मिनेटमा र जर्सी नम्बर २५ का प्रदीप बुढाथोकीले खेलको ४४ मिनेट गोल गोल गरे । युनाइटेड खर्साङका जर्सी नम्बर १५ का खेलाडी हेमराज भुजेलले खेलको ३१ औँ मिनेटमा गोल गरे । एनआरटीले सुरुवातदेखि नै युनाइटेड खर्साङलाई दबाबमा राखेको थियो । दोस्रो हाफ खेलको ३१औँ मिनेटमा एनआरटीका प्रदीप बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
युनाइटेड खर्साङले सुरुवातमा नै अग्रता बनाउने सुनौलो अवसरमा गोल गर्न सकेन । त्यस पश्चात् युनाइटेड खर्साङले खेलमा त्यति राम्रो अवसर सिर्जना गर्न सकेन ।
खेलको म्यान अफ द म्याच एनआरटीका शिशिर लेखी घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । फाइनल खेल एनआरटी क्लब काठमाडौँ र लिग च्याम्पियन चर्च ब्वाईज क्लब फाइनल खेल हुनेछ ।
उपाधिका लागि २०६६ सालमा एक पटक बुढासुब्बा गोल्डकपको उपाधि उचालिसकेको एनआरटी र पहिलो पटक फाइनलमा पुगेको चर्ज व्याइज बिच शनिवार धरान १६ रङ्गशालामा हुने आयोजकले जनाएको छ ।
