धरान : सुनसरीको देवानगञ्ज-७ मा बिहीबार ३ बजे बिहान गाँजा लोड भएको भारतीय नम्बर एचआर ७० ई ९५०२ को स्कारपिओ गाडी प्रहरीले रोक्दा भगाएर अघि बढ्दा अनियन्त्रित भई सडकबाट १० फिट तल खसेर दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरको प्रहरी टोलीले दुर्घटनाग्रस्त गाडिबाट १० बोरा गाँजा, त्यही नजिक ४ पोका समेत ९२९६ केजी ८५० ग्राम गाँजा बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार सोही ठाउँमा प्रदेश २–०३–००९ प ०९९७ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
यसै गरी बेलुका इटहरी–१७ बाट बा २ च ३४६५ नम्बरको टाटा सफारी गाडीमा ८ पोका ९ सय ३० किलो १५० ग्राम गाँजा बरामद गरेको छ । ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
बिहीबार राती कोशी गापा–३ नेपाल–भारत सीमा नजिक २ वटा बोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौहकीको प्रहरी गस्ती टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
बरामद भएका गाँजा र सवारी साधनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको छ ।