धरान :  जिल्ला स्तरीय अन्तर स्कुल छात्रा छात्र भलिबल प्रतियोगितामा छात्रा तर्फ पूर्वाञ्चल स्कुल तरहरा, धरान आदर्श र छात्र तर्फ जनता मावि इटहरी, बालबिकास पकली फाईनलमा प्रवेश गरेका छन् ।

आज शुक्रवार भएको सेमिफाइनलमा छात्रा तर्फ ६ टिम र छात्र तर्फ ३ वटा टिम  बिच प्रतिस्पर्धा भएको हो । धरान-१५ मा रहेको युनाईटेड गोर्खा एकेडेमी स्कुलले युनाईटेड गोर्खा एकेडेमी कप २०८१ को ११ औँ संस्करण आयोजना गरेको हो।

युनाईटेड स्कुल परिसरमा भएको क्वाटरफाईनल खेलमा छात्रा तर्फ डिपोट स्कुल धरान, लर्ड बुद्ध स्कुल रामधुनी,पूर्वाञ्चल स्कुल तरहरा, धरान आदर्श स्कुल धरान विजयी भएका थिए ।

छात्रा तर्फ शुक्रवार नै ४ विजेता स्कुलहरू बिच प्रतिस्पर्धा भै सेमिफाइनल खेल भएको थियो । सेमिफाइनलबाट छात्रा तर्फ  पूर्वाञ्चल स्कुल तरहरा फाइनल प्रवेश गरेका हुन  भने छात्र तर्फको सेमिफाइनल खेलमा बालबिकास स्कुल पकली, जनता मावि इटहरी, सयपत्री स्कुल तरहरा विजेता भएका थिए । उनीहरू बिच भएको प्रतिस्पर्धाबाट छात्र तर्फ जनता मावि इटहरी, बालबिकास पकली फाईनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेलको म्यान अफ द म्याच छात्रा धरान आदर्शकी प्रतीक्षा जोशी भएकी छिन भने क्वाटर फाइनल खेलको म्यान अफ द म्याच धरान आदर्शकी विमला श्रेष्ठ, लर्डबुद्ध रामधुनीकी स्वेच्छा चौधरी, डिपोट स्कुलकी प्रियङ्का राईका भएकी थिइन ।

सेमिफाइनल खेलको म्यान अफ द म्याच बाल विकासका समीर गिरी भएका छन् । खेलका म्यान अफ म्याचहरूले नगद १२ सय रुपैयाँ सहित मेडेल प्राप्त गरेका छन् ।

छात्रा तर्फको क्वाटरफाईनल खेलबाट हिमशिखर, सयपत्री स्कुल, विश्व आदर्श इटहरी प्रतियोगिताबाट बाहिरिएको छन्  भने छात्र तर्फको खेलबाट सयपत्री स्कुल तरहरा बाहिरिएको छ ।

प्रतियोगिताको तेस्रो स्थानको प्रतियोगिता छात्रा तर्फ लर्ड बुद्ध रामधुनी  र डिपोट स्कुल धरान बिच हुने भने छात्र तर्फ पूर्वाञ्चल स्कुल तरहरा र सरस्वती मावि पानवारी बिच हुने भएको छ ।

प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका थिए । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्रा टिम रहेको थियो । भोली माघ २६ गते हुने फाइनल खेलको विजेताले नगद २५ हजार, उपविजेताले २० हजार तेस्रोले १५ हजार सहित ट्रफी, मेडल सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधा तर्फ वेस्ट सर्भिस, वेस्ट डिफेन्स, वेस्ट सेटर, वेस्ट स्पाईकर, वेस्ट ब्लकर,  वेस्ट प्लेयरले नगद १२ सय प्रमाणपत्र र ट्रफी पाउने भएका छन् ।