धरान : जिल्ला स्तरीय अन्तर स्कुल छात्रा÷छात्र भलिबल दोस्रो दिनको प्रतियोगितामा छात्रा तर्फ ५ टिम र छात्र तर्फ ७ वटा टिम सेमिफाइनल प्रवेश गरेका छन् । आज बिहीबार छात्रा तर्फ १० वटा स्कुल र छात्र तर्फ १४ वटा स्कुल  बिच प्रतिस्पर्धा भएको हो ।
धरान १५ मा रहेको युनाईटेड गोर्खा एकेडेमी बोडिङ स्कुलले युनाईटेड गोर्खा एकेडेमी कप २०८१ को ११ औँ संस्करण आयोजना गरेको छ ।  
युनाईटेड स्कुल परिसरमा भएको दोस्रो दिनको प्रतियोगितामा छात्रा तर्फ युनाईटेड गोर्खा एकेडेमी धरान, विश्व आदर्श इटहरी,पूर्वाञ्चल ईग्ङलीस बोडिङ स्कुल तरहरा, धरान आदर्श बोडिङ स्कुल धरान,डिपोट स्कुल धरान विजयी भएका छन् । भने छात्र तर्फको खेलमा युनाईटेड गोर्खा एकेडेमी धरान ,सयपत्री ईग्ङलीस बोडिङ स्कुल तरहरा,सरस्वती मावि पानमारा,पूर्वाञ्चल ईग्ङलीस बोडिङ स्कुल तरहरा,सरस्वती मावि पानमारा, जनता मावि इटहरी, पूर्वाञ्चल ईग्ङलीस बोडिङ स्कुल तरहरा विजेता भएका छन् । 
पहिलो दिनको खेलको म्यान अफ द म्याच छात्रा तर्फ युनाईटेडकी जमना राई, विश्व आदर्शकी प्रियाङसी चौधरी, पूर्वाञ्चलकी रुमा श्रेष्ठ,धरान आदर्शकी एम्जिना लिम्बु,डिपोटकी पेमा तामाङ भएकी छिन । भने छात्र तर्फको म्यान अफ द म्याच युनाईटेडका सेमीहाङ्ग राई, सरस्वतीका सुजन श्रेष्ठ, कमल श्रेष्ठ, पूर्वाञ्चलका दर्शन खवास र ज्ञानेन्द्र रहेका छन् ।
खेलका म्यान अफ म्याचहरूले नगद १२ सय रुपैयाँ सहित मेडल प्राप्त गरेका छन् । प्रतियोगिताको दोस्रो दिनको खेलमा छात्रा तर्फ १० वटा विद्यालयको र छात्र तर्फ १४ वटा स्कुलबिच प्रतिस्पर्धा भएको थियो । 
दोस्रो दिनको छात्रा तर्फको खेलबाट समिट स्कुल धरान, बाल विकास स्कुल पकली, ज्ञान दर्पण तरहरा, युनाईटेड स्कुल धरान,ज्ञानोदय मावि धरान प्रतियोगिताबाट बाहिरिएको छ भने छात्र तर्फको खेलबाट ज्ञानोदय मावि धरान, युनाईटेड स्कुल धरान,लर्ड बुद्ध रामधुनी, हिमशिखर तरहरा, स्रेकेड हर्ट तरहरा, युनाईटेड स्कुल धरान, सुम्नीमा स्कुल धरान प्रतियोगिताबाट बाहिरिएको छ । 
प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका छन् । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्रा टिम रहेको प्रतियोगिता संयोजक कर्मा शेर्पाले बताए । माघ २३ गते देखि २६ गते सम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद २५ हजार ,उपविजेताले २० हजार तेस्रोले १५ हजार सहित ट्रफी, मेडल सहित प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक शेर्पाले बताए ।
शेर्पाका अनुसार नकआउटका आधारमा खेलाइने प्रतियोगिता वेस्ट अफ थ्री मा र फाइनल खेल वेस्ट अफ फाईभमा खेलाइने भएको छ । भोली हुने सेमिफाइनल खेलमा छात्रा तर्फ ६ वटा खेल र छात्र तर्फ ३ वटा खेल  हुने संयोजक शेर्पाले बताए । 
girl-vallyball