इटहरी : प्रेस चौतारी नेपाल काेशी प्रदेशको दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
१३ बुँदे विराटनगर घोषणापत्र सार्वजनिक गरेको चौतारीले नयाँ कार्यसमिति चयन गरेको हो ।

बुधवार विराटनगरमा सम्पन्न अधिवेशनले सुनसरीका सुमन पुरीको अध्यक्षतामा ४९ सदस्यीय समिति गठन भएको छ । यस अगाडि उपाध्यक्ष रहेका पुरी नेपाल प्रेसका कोशी प्रदेश संवाददाता हुन् ।
प्रदेश महासचिवमा बाबुराम भण्डारी निर्विरोध भएका छन् । भण्डारीको महासचिवमा दोस्रो कार्यकालको लागी चयन भएका हुन् ।
उपाध्यक्षमा युवराज विवश र महिला उपाध्यक्ष ज्योति प्रधान चयन भए भने सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्विरोध भए ।