धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाडजोर्नी विभाग प्रमुख प्रा.डा. विक्रम श्रेष्ठको निःशुल्क शिविरमा शनिवार धरानका १६१ जना ज्येष्ठ नागरिकले हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरमा प्रा.डा. श्रेष्ठले सहजीकरण गर्दै बिरामीको उपचार गरेका थिए । ज्येष्ठ नागरिकहरूको हाडजोर्नी अवस्था कस्तो छ सोधपुछ गरी समस्याको बारेमा उनले निःशुल्क परामर्श दिएका थिए ।

शिविर उद्योग वाणिज्य सङ्घको भवनमा सङ्घ र वीपी प्रतिष्ठान हाडजोर्नी विभागको संयुक्त आयोजनामा भएको हो । ज्येष्ठ नागरिकहरूका लागि आयोजना शिविरमा निःशुल्क औषधि पनि वितरण गरिएको सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए ।