इटहरी : १५औँ संस्करणको इटहरी गोल्डकपमा  मच्छिन्द्र फुटबल क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा झापा ११ लाई पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो ।

सोमबारको तेस्रो क्वाटरफाइनल खेलमा १-० गोल अन्तरले पराजित झापा ११ घर फर्किएको छ । मच्छिन्द्रको तर्फबाट ३१औँ मिनेटमा मलिक बामिदेले युसुफले गरेको गोल निर्णायक बनेको हो ।

निक्कै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा झापा ११ आक्रामक बने पनि नतिजा निकाल्न सकेन । मङ्गलवारको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज यूनाइटेड काठमाडौँ र धरान फुटबल क्लबबिच हुने भएको छ ।