धरान : धरानमा कालोमोसो दल्ने ८ जना अभियुक्त मध्ये १ जना अभियुक्त पक्राउ परेका छन् ।

 ८ जना अभियुक्त मध्येका एक सुमन चेम्जोङलाई आज मङ्गलवार बिहान १० बजेको समयमा धरान ८ स्थित भोटे पुलको क्याफेबाट इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

ताप्लेजुङका पदम चेन्जी माबोले सोमबार इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालोमोसो दल्ने ८ जनालाई आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गर्दै ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरी भएका धरान-१५ का दिवस राई, अमर ईजम, जेन्टल लावती, शिवाहाङ राई, विष्णु थाम्देन लगायतका आन्दोलनकारी फरार रहेका छन् ।

फरार ७ जना अभियुक्तहरूको  खोजी कार्य तीव्र रूपमा भइरहेको इलाका प्रहरी कार्यालय  जनाएको छ ।