धरान : धरान-३ का ३१ वर्षीय कमल सहनीलाई फागुन ७ गते बुधवार ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सहनीबाट २ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।

इटहरी-४ का २७ वर्षीय सुरजकुमार ठाकुरलाई कोशी गापा-१ भन्सार टोलबाट ८ ग्राम ५ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
बुधवार दिउँसो को २० प ७४४६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गरेका सहनीलाई लागू औषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी बुधवार राती भोक्राहा नरसिंह गापा-१ का २० वर्षीय इब्रान मन्सुरीलाई १५० ग्राम गाँजा सहित पक्राउ गरिएको छ । प्रहरी चौकी मधुवनको प्रहरी टोलीले वराहक्षेत्र-११ बाट मन्सुरीलाई पक्राउ गरेको हो ।