धरान : विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीका लागि धरानमा नयाँ शैक्षिक परामर्शदाता ग्रेश ईन्टरनेशनल प्रा.लि.को १९औँ शाखा धरानमा आज शुक्रवार उद्घाटन भएको छ ।
धरान-३ सदन रोडमा रहेको शाखाको उद्घाटन चर्चित क्रिकेटर दीपेन्द्र सिंह ऐरले गरेका छन् । चर्चित क्रिकेटर ऐर कम्पनीका ब्रान्ड एम्बेसेडरपनि हुन ।

ग्रेशको संसारभर ४० भन्दा बढी देशहरूमा शाखा रहेको अध्यक्ष विशाल राईले बताए ।
उनका अनुसार ग्रेसको शाखाहरू अस्ट्रेलिया, केन्या, पाकिस्तान, बङ्गलादेश, न्युजिल्यान्ड, दुबई, इन्डोनेशिया, भारतमा ग्रेश ईन्टरनेशनल शाखाहरू छन् ।
ग्रेश ईन्टरनेशनल ग्रुप प्रा.लि.ले धरानमा शाखा स्थापना गरी विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श र सहजीकरण गर्दै भाषा कक्षा समेत सञ्चालन गर्ने अध्यक्ष राईले बताए ।
ग्रेश ईन्टरनेशनलका सहसंस्थापक तथा निर्देशक एन्जाल पौडेलले कम्पनीले अस्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, कोरिया, जापान र दुबई देशहरूमा अध्ययनका लागि जान चाहनेहरूलाई भाषा कक्षाको सुविधा दिँदै शैक्षिक परामर्श विगत २० वर्ष देखि गर्दै आएको छ ।
विद्यार्थीहरूलाई सेवा सुविधा प्रदान गर्न ग्रेशले अब धरानमै शाखा स्थापना गरी शैक्षिक परामर्श सुरु गरेको पौडेलले बताए ।