वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूलाई बजेट र रणनीतिक योजना तर्जुमा सम्बन्धी प्रयोगात्मक तालिम आयोजना गरेको छ ।
कार्यक्रममा नगर भित्र सञ्चालित सहकारीका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको छ । शुक्रवारबाट सुरु तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीका अनुसार नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूको लागि सहकारीको वार्षिक योजना, वित्तीय योजना, सञ्चालक योजना तर्जुमा, सदस्य र कार्यक्षेत्र विश्लेषण, बजेट योजना तर्जुमा, सदस्यको आर्थिक विकास परिमार्जित नीति सम्बन्धी प्रयोगात्मक तालिम प्रदान गरिनेछ ।
तालिममा सहकारीका प्रशिक्षक सुमन पौडेल र मातृका तिवारीले सहजीकरण गर्नेछन् ।
यस अगाडि पनि वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूको लागि क्षमता विकास कार्यक्रम, होटल व्यवस्थापन, सहकारीका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरूलाई विभिन्न विषयमा तथा क्षमता विकासका लागी क्षमता विकास तालिम, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र व्यापारीहरूलाई प्रशिक्षणको कार्यक्रम आयोजना गर्दै आएको छ ।


































































