धरान : सुच्चा राई कल्याणकारी समाजद्वारा आज शनिवार आयोजित रक्तदान कार्यक्रममा कुल १६२ पिन्ट रगत सङ्कलन भएको छ ।

समाजले संस्थाको २५ औ वार्षिकोत्सवमा भानुचौक लोकतान्त्रिक चौतारीमा खुल्ला रक्तदान कार्यक्रम गरेको हो ।

सोही अवसरमा ३ जना ज्येष्ठ नागरिक र भवन निर्माणमा सहयोग पुर्‍याउने दातालाई सम्मान गरियो ।

सम्मानित हुनेमा भोजपुर रामप्रसाद राई गापा-२ कटुञ्जेका हाल धरानका ८६ बर्षिया गङ्गादेवी सुच्चा राई र भोजपुर वास्तिम-४ मानेडाडाका ९८ वर्षीय मेघजित सुच्चा राई छन् ।

उनीहरूलाई सुच्चा राईको भाषा, पहिचान र संस्कृति संरक्षणमा योगदान पुर्‍याएकोमा सम्मान गरिएको समाजका केन्द्रीय अध्यक्ष विनोद राईले बताए ।

सोही अवसरमा सुच्चा राई बहुउद्देश्यीय भवन निर्माणमा सहयोग पुर्‍याएकोमा भोजपुरका चण्डी प्रसाद सुच्चा राईलाई पनि सम्मान गरियो ।