धरान : उदयपुरको त्रियुगा-८ मा आइतबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ६५ वर्षीय टिकामाया कार्कीको उपचारको क्रममा मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनलाई उपचारका लागि विराटनगर ल्याइएको थियो । न्यूरो अस्पताल विराटनगरमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको हो ।

सडकमा पैदल हिँडिरहेकी कार्कीलाई प्र-१-०५-००१ प ८३५९ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो ।

ठक्कर दिने मोटरसाईकल चालक रौतामाई-७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।