विराटनगर : प्रगतिशील लेखक सङ्घ संखुवासभाको चौथो जिल्ला अधिवेशनले साहित्यकार ताराबहादुर बुढाथोकीलाई अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति सचिव सनम थापा, सहसचिव कवि राम गुरुङ, कोषाध्यक्षमा तारा घिमिरे, सदस्यहरूमा साहित्यकार कृष्ण चापागाईँ, गीताञ्जली कटुवाल र पार्वती नेपाली चयन भएको निर्वाचन समिति संयोजक मानसिंह पोखरेलले जनाएका छन् ।

सङ्घको प्रथम बैठकले लक्ष्मी ढुङ्गाना, प्रदेश प्रतिनिधि राजेन्द्र सर्वहारा निरौला र कृष्णबहादुर चापागाईँलाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ । जातीय, क्षेत्रीय, लैङ्गिक, भौगोलिक आधारमा थप सदस्यहरू मनोनयन गरिने छ ।
अधिवेशनमा सङ्घको कोशी प्रदेश अध्यक्ष तीला लेकाली प्रमुख अतिथि थिए । केन्द्रीय सदस्य बोधकुमार घिमिरे र प्रदेश सचिव राजेन्द्र सर्वहारा, उदयपुर जिल्ला सचिव फणिन्द्र विश्वकर्माको सहित राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।