धरान : गर्मीयाम सुरु भएसँगै धरानमा आइसक्रिम प्रेमीहरूका लागि धरान-१० सैनिक चोक छेउमा ‘क्रीम बेल’ आइसक्रिम पार्लर खुलेको छ ।

आइसक्रिम पार्लर आरजे क्रप ग्रुप अफ कम्पनीले आज सोमबार देखी सुरु गरेको हो । पार्लरको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले गरेका छन् ।

उक्त कम्पनी नेपालमा २०७२ देखी सञ्चालनमा रहेको कम्पनीका नेपाल प्रमुख प्रबिन झाले बताए । उनका अनुसार काठमाण्डौमा २० वटा शाखापछि धरानमा पहिलो ५६ औ शाखा खुलेको हो ।

पार्लरमा १८ वटा फ्लेबरमा क्वालिटी र क्वान्टिटीमा आइसक्रिम विक्री हुनेछ । धरानको पार्लर कोशी प्रदेश र मधेस प्रदेश प्रमुख सुजन भण्डारीले सञ्चालन गर्ने छन् ।

उद्घाटनको अवसरमा धरानमा ३ दिन सम्म कम्पनीको प्रचलित दरमा ३० प्रतिशत छुट प्रदान गरिने बताइएको छ । शाखामा धरानका ४ जनाले रोजगारी पाएका छन् ।

पार्लरले आइसक्रिम अर्डर अनुसार धरानभरी होम डेलिभरी सुविधा पनि दिने छ । हाल शाखाले मार्ट र रिटेलरहरुलाई होम डेलिभरीको व्यवस्था गरेको छ ।