धरान : धनकुटाको शहिदभूमी गापा-१ बाट बुधवार राती गाँजा बोकेर आउँदै गरेको टेम्पो सहित चालक सोही गापाका २५ वर्षीय अभिषेख विकलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार को १ ह ९१३३ नम्बरको टेम्पोमा ७ वटा बोरामा लोड गरी लादै गरेको १ सय ५ किलोग्राम गाँजा बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङको गस्ती प्रहरी टोलीले चेकजाँच गर्दा रातको १० बजे उक्त टेम्पोमा गाँजा फेला पारेको हो ।
पक्राउ परेका चालक र टेम्पो नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ ।