धरान : प्रहरीले धरान-१३ का ३५ वर्षीय राजकुमार राई, मोरङ उर्लाबारी-२ का ३१ वर्षीय संदिप कटुवाललाई ब्राउनसुगर सहित बुधवार विराटनगर-१५ बाट पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको उनीहरूबाट चेकजाँच गर्दा ३ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ ।

यसैगरी सोही स्थानबाट पथरीशनिश्चरे-१० का ३२ वर्षीय प्रेम बहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको  छ ।

धरान-१७ का २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राईलाई धरान-१३ अमरहाट अस्थायी प्रहरी चौकीको टोलीले लागुऔषध सहित पक्राउ गरेको छ ।

उनीहरूबाट ट्रामाडोल ३९७ क्याप्सुल र स्पास्पेन ७ ट्याब्लेट बरामद भएको छ ।