विराटनगर : प्रदेशमा लागुऔषध दुर्व्यसन विरुद्ध अभियान सञ्चालनका लागि प्रशिक्षक तयार गर्न कोशी प्रदेश प्रहरी कार्यालयले आज आइतबार देखी प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।

प्रदेश प्रहरीको सभाहलमा प्रमुख अतिथि तालिम संयोजक प्रहरी नायव उपरीक्षक दुर्गाप्रसाद दाहालले प्रशिक्षणको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा उनले लागुऔषध दुर्व्यसन मुक्त समाजको निर्माणका लागि कोशी प्रदेश भरी सञ्चालन गरेको लागुऔषध दुर्व्यसन विरुद्ध अभियानलाई प्रभावकारी बनाउन प्रशिक्षक प्रशिक्षण सुरु गरिएको बताए ।

प्रशिक्षणबाट तयार प्रशिक्षकहरूले विद्यालय तथा समुदाय स्तरमा अभियान सञ्चालन गरी दुर्व्यसन विरुद्ध सचेतना बढाउँदै परिवार, समुदाय हुँदै दुर्व्यसन मुक्त राष्ट्र निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

प्रशिक्षणको पहिलो चरणमा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा र इलाम जिल्लामा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान सम्म ३० जना प्रहरी सहभागी छन् ।

तालिममा सहभागी प्रहरीले कार्यक्षेत्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रम बिच सरोकारवाला निकाय, सङ्घ संस्थासँगको समन्वय र सहकार्य गर्नेछन् ।

प्रशिक्षणले दुर्व्यसन विरुद्धको अभियानलाई सशक्त बनाई सुरक्षित समाज निर्माण कार्यमा प्रहरीको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास गरिएको छ ।

Durbyabasan-biruddha-talim- 1