धरान : प्रहरीले धरान-११ का ६० वर्षीय राजकुमार साह समेत ४ जनालाई शनिवार विराटनगरमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इटहरी-२ का २१ वर्षीय सुजन विश्वकर्मा र मोरङ केराबारी गापा-६ का ४२ वर्षीय निरज श्रेष्ठ पनि छन् ।

_1743784132.gif)
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई ब्राउनसुगर १२ ग्राम ५४ मिलिग्राम र लागुऔषध एसकफ १०० एमएलको ८ बोतल सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी रानीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
साथै झापाको मेचीनगर-६ बाट मोरङ उर्लाबारी-३ का १९ वर्षीय सुनिल विश्वकर्मालाई ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
विश्वकर्मालाई ब्राउनसुगर १ ग्राम २३० मिलिग्राम सहित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले नियन्त्रणमा लिएको हो ।