धरान : धरानको भानुचौक स्थित वडा प्रहरी कार्यालयको प्रहरी टोलीले भारतीय मूलका धरान-९ बस्ने ३० वर्षीय विजय साह, २७ वर्षीय निरञ्जन यादव, धरान-१० का २५ वर्षीय विशेष राई, धरान-१७ का २६ वर्षीय निश्चल राईलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरू आज आइतबार धरान-९ बाट पक्राउ परेका हुन् ।

_1743784132.gif)
उनीहरूलाई प्रहरीले स्पास्मो प्रोक्सीवन ८० ट्याब्लेट, ट्रामाडोल १ हजार ४४० क्याप्सुल, निट्राजेपाम ७५ ट्याब्लेट र इस्कु ७ बोतल सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरी टोलीले धरान-११ का २२ वर्षीय सञ्जीव सुनुवार र १९ वर्षीय सविन परियारलाई ट्रामोल ५० क्याप्सुल ४६० क्याप्सुल, नियन्त्रित औषधी स्पास्पेन ४६९ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
यसै गरी धरान-१५ मा एक नाबालकलाई उनको घर छेउबाट कोलिबान ८०५ क्याम्पुल, ट्रमाडोल ८०५ क्याप्सुल सहित अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यसै गरी धरान-५ का २६ वर्षीय दिवेश रम्तेल, भोक्राहा नरसिंह-५ का २६ वर्षीय रहिस मन्सुरी र इटहरी-५ का ३२ वर्षीय सनम शेर्पालाई ब्राउनसुगर २ ग्राम ८९ मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस्तै उर्लाबारी-५ बाट १९ वर्षीय सुजन शिवालाई इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले ट्रामाडोल १६० ट्याब्लेट, स्पाष्मिड १६० क्याप्सुल सहित पक्राउ गरेको छ ।
मोरङको पथरी शनिश्चरे-२ का २९ वर्षीय सुमन गुरुङलाई ट्रामाडोल १ हजार १६ ट्याब्लेट र स्पाष्मिड ९८० क्याप्सुल सहित पक्राउ गरिएको छ ।