धरान : प्रहरीले धरान-८ का १९ वर्षीय समन न्यौपाने र १९ वर्षीय अभिषेक याख्खालाई लागुपदार्थ ब्राउनसुगर सहित मङ्गलवार विराटनगर-१५ बाट पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी भारत पश्चिम बङ्गाल दार्जिलिङका ४१ वर्षीय राजेन बर्मनलाई झापाको मेचीनगर-६ बाट ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट १४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

झापाको अर्जुनधारा-४ का २८ वर्षीय भुवन न्यौपानेलाई उनकै घरबाट ब्राउनसुगर १ ग्राम ९४० मिलिग्राम सहित प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको छ ।

उदयपुरको बेलका-३ का २६ वर्षीय मुस्कान राई र २१ वर्षीय खम्बबहादुर दाहाललाई बेलका-९ बाट का ३९ प ५६४९ नम्बरको स्कुटरमा ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी टोलीले १ ग्राम ३३८ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी धनकुटाको सहिदभुमी गापा-७ की ४२ वर्षीय ईन्दिरा राई र ४९ वर्षीय सिता कार्कीलाई २० केजी गाँजा सहित साँगुरीगढी-६ बाट इलाका प्रहरी कार्यालय भेडेटारको प्रहरी टोलीले पक्राउ गरेको छ ।