विराटनगर : आसाममा बसोबास गर्दै आएका नेपाली मूलका कार्बी कुर्फो अमाइ समुदायले यसपालि पनि आसामबाट आएर मुलथलो संखुवासभाको चिचिला गाउँपालि-४ परम्परागत संस्कृतिको ‘सिंग बामन पो हिम आङ्लङ’ सांस्कृतिक पूजा गरेका छन् ।

वारिथेलाई आफ्नो पुर्खा मान्ने यो समुदाय आदिवासी जनजाति समुदाय हो । उनीहरूले २०७९ मा खाँदबारीमा, २०८० र २०८१मा चिचिलामा पूजा आयोजना गरेका छन् ।

पूजा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकला राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष राई, वडा १ का अध्यक्ष पूर्णकुमार राई, वडा ४ का अध्यक्ष बालकुमार तामाङ लगायत सहभागी भए ।

गत: वर्ष अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनमा उक्त समुदायले १२ वटा सांस्कृतिक झाँकी सहित भारतबाट ४२ जना सहभागी आएका थिए ।

पूजामा कार्बी समुदायको कान्तो टिसो र नेपालका ताराबहादुर बुढाथोकी कुरुसार पुजारी थिए ।

टोलीले चिचिलाको मत्श्यपोखरीको अवलोकन भ्रमण गरेको छ । सोही अवसरमा भएको सांस्कृतिक आदान प्रदान छलफल गरिएको थियो ।

छलफलमा सदियौँ देखिको परम्परागत सांस्कृतिक कार्यलाई पुस्ता-पुस्तासम्म जोड्ने कार्य गरेको बताइएको विचार आदान प्रदान भएको थियो ।