धरान : प्रहरीले धरान-५ का २७ वर्षीय बुस्टन लिम्बु, धरान-११ की २५ बर्षीया सङ्गीता तामाङलाई ब्राउन सुगर कोशी गापा-१ बाट बुधवार पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनिहरुलाई भारतबाट नेपाल तिर पैदल आईरहेका बेला इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले ७ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको बेलका-९ भचुवाका २१ बर्षीय दिवस बिक।लाई १०० मिलिग्राम ब्राउनसुगर सहित  इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाको प्रहरी टोलिले पक्राउ गरेको छ ।