झापा : राजावादी प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका दुर्गा प्रसाईँलाई भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याउने क्रममा समर्थकको भिड बढेपछि प्रहरीले रुट परिवर्तन गरेको छ।

अब उनलाई झापाको गलगलिया नाकाबाट ल्याइनेछ । झापा प्रहरी प्रमुख मिलन केसी उनलाई लिन गलगलिया गएका छन् ।

गलगलियामा भारतीय प्रहरीले हस्तान्तरण गरेपछि प्रसाईँलाई चन्द्रगढी विमानस्थल हुँदै काठमाडौँ पठाइनेछ।