धरान : प्रहरीले धरान–१० का ३२ वर्षीय मनोज गुरुङ र धनकुटा शहिदभूमि–७ का ३५ वर्षीय बालकृष्ण राईलाई गाँजा सहित बुधवार विराटनगर–१३ बाट पक्राउ गरेको छ ।

उनीहरूलाई लागू औषध नियन्त्रण ब्युरोका प्रहरी टोलीले विराटनगर–१३ बाट चेकजाँचको क्रममा ६ केजी लागू औषध गाँजा सहित पक्राउ गरेको हो । सुनसरीको देवानगंज गापा–२ बाट भारत अररिया पत्राहा–१५ का २६ वर्षीय मोहम्मद जावेद, ३० वर्षीय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविनलाई इलाका प्रहरी कार्यालय देवानगंजको प्रहरी टालीले ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

उदयपुरको बेलका–९ का २४ वर्षीय जनम गहतराजलाई ब्राउन सुगर २०० मिलिग्राम सहित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको गस्ती प्रहरी टोलीले पक्राउ गरेको छ ।