धरान: काठमाण्डौबाट धरान हुँदै सखुवासभाको खादबारी गइरहेको हाइस गाडी आज शनिवार एकाबिहानै धरान–१ युरेका स्कुल अगाडि काठको घर भत्काउँदै भित्र पसेको छ ।

बा ५ ख ६०८८ नम्बरका हाईस अनियन्त्रित सडक पेटी माथी चढेर पूर्व शिक्षक भेगलाल श्रेष्ठ र उनका दाजुको घर तल्लो तला भत्काउँदै भित्र पसेको हो ।

घरधनी परिवारका सदस्य सुमन श्रेष्ठले भने ‘झिसमिसे बिहान १ बजेको समय भएकोले मानवीय क्षति हुन पाएन, नभए ठुलो घटना हुन्थ्यो ।’ घरको तल्लो तलामा पसल थियो । घरका मानिस उठिसकेकोले पसल खुलेको थिएन र पसलमा मासिन थिएन ।

घरको तल्लो तलाका खाँबाहरू भत्काएकोले गाडी त्यत्तिकै निकाले घर गल्र्याम गुल्र्रम ढल्ने सम्भावना छ । जिल्ला ट्राफिक कार्यालय धरानले जनाए अनुसार हाइस अनियन्त्रित भई घर भत्काएर भित्र पसेको हो ।

गाडीको यात्रु सङ्खुवासभा जिल्ला तुम्लिंगटारका वर्ष १६ को रोस्तिका माझी घाइते भएकी छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हाईसमा ९ जना यात्रु रहेका थिए ।

उनीहरू सबै सकुशल रहेको ट्राफिक कार्यालयले जनाएको छ । गाडी चालक रेशम लामालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।