वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले व्यवसाय दर्ता तथा करदाता शिक्षा सम्बन्धी अभिमुखीकरण तालिम आयोजना गरेको छ ।
अभिमुखीकरण तालिममा वडा कार्यालयका सचिव , कर्मचारीहरूको उपस्थिति रहेको थियो । व्यवसाय दर्ता गर्न चाहने तथा करदाता नगरवासिहरुलाई उक्त विषयमा परामर्श ,सहजिकरणसंगै जानकारी गराउने उद्देश्य अनुसार वडा सचिव तथा वडाका कर्मचारीहरूलाई अभिमुखीकरण तालिम आयोजना गरिएको नगरपालिकाका राजस्व शाखाकी प्रमुख कर अधिकृत संगिता चौधरीले बत्ताइन् ।
अभिमुखीकरण तालिममा घरेलु तथा साना उद्योग कार्यालय , सुनसरीका उद्योग अधिकृत विष्णु कुमार थेगुवा ,आन्तरिक राजस्व कार्यालय धरान, सुनसरीका कर अधिकृत बुद्बी प्रसाद आचार्यले सहजीकरण गरेका थिए । तालिममा फर्म दर्ता गर्ने निकाय , फर्म दर्ता गर्दा लाग्ने दस्तुर ,उद्योग वा वाणिज्य फर्म दर्ता भएको निकायबाट लिनुपर्ने स्वीकृति , सिफारिस लिँदा लने दस्तुर ,उद्योगको किसिम ,उद्योग प्रशासन , जरिवाना , फर्म नवीकरण ,आवश्यक कागजातहरू लगायतको विषयमा जानकारी दिइएको थियो ।
तालिमको नगर उपप्रमुख नन्दकुमारी सुनुवारको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, लेखा अधिकृत वीरेन्द्र यादव , राजस्व शाखाकी प्रमुख कर अधिकृत संगिता चौधरी लगायतको आतिथ्यता रहेको थियो ।