धरान : गाँजा तस्करीको दुई रुट धरान र बराहक्षेत्र मध्ये वराहक्षेत्रबाट कोशी नदीको बाटो र सडक मार्गबाट सिधै ब्यारेज भण्टाबारी गाँजा तस्करी हुँदै आएको छ ।

वराहक्षेत्रको कोशी नदिमा बेवारिसे गाँजा भेटिएको घटना पछि चतरा सडकमा बेवारिसे गाँजा फेला पर्न थालेको छ ।

कोशी प्रदेश प्रहरीले जनाए अनुसार आइतबार राती वराहक्षेत्र-१ सडक किनारमा ३३० केजी गाँजा बेवारिसे अवस्थामा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो । सडक किनारमा ११ वटा प्लास्टिकको बोरामा प्याकिङ गरिएको गाँजाको तस्कर भने भेटिएको छैन ।

गाँजाको ओसार पोसार भइरहेको छ भने पूर्व सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट  प्रहरी टोली परिचालन गरिएको थियो । घटनास्थलमा फेला नपरेका ओसार पोसारमा संलग्न व्यक्तिहरूको खोजतलास अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।