धरान : थोक तथा खुद्रा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका साधन आधिकारिक रूपमा धरान आउने नापतौलको टोलीसँग जाँच पास गराई नवीकरण गर्न सुनसरी उद्योग वाणिज्य सङ्घले स्थानीय व्यवसायीहरूलाई आग्रह गरेको छ ।
विराटनगर स्थित गुणस्तर तथा नापतौल कार्यालयबाट आएको टोलीले नापतौल सम्बन्धी ढक, तराजु, मिटर, डिजिटल तराजु सहितको चेकजाँच गर्ने भएकोले तोकिएको समय भित्र आफ्नो साधन जाँच पास गराउन आग्रह गरिएको हो ।
गुणस्तर नापतौलको टोलीले धरानमा ३ ठाउँ जाँच पास र नवीकरण गर्ने सङ्घले जनाएको छ । सङ्घद्वारा जारी सूचना अनुसार वैशाख २८ देखी ३० सम्म धरान-१ स्थित सुनसरी उद्योग वाणिज्य सङ्घको भवनमा रहने छ ।
यसैगरी दोस्रो जाँच पास शिविर वैशाख ३१ गते धरान-१३ कृषि उपज बजारमा, जेठ १ गते धरान औद्योगिक क्षेत्रमा र जेठ २ गते सुनसरी सुनचाँदी कला व्यवसायी सङ्घमा र जेठ ३ गते सुनसरी सुनचाँदी व्यवसायी सङ्घको भवनमा रहने जनाइएको छ ।
Dhak-taraju