विराटनगर : झापा र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ज्येष्ठ ०२ गते मोरङ रतुवामाइ नगरपालिका-२ बाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय  सिजुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोरङ रतुबामाई-८ का ३३ वर्षीय नवीन नेपालीको साथबाट २ ग्राम ५०० मिलिग्राम, रतुबामाई-९ का २५ वर्षीय  मनिस राई र  ३३ वर्षीय डिकेन्द्र तामाङको साथबाट ७ ग्राम ४ सय ३० मिलिग्राम बरामद गरेको छ ।

त्यसैगरी मोरङ पथरी शनिश्चरे-२ का ३१ वर्षीय बुद्दिराज राई र ३० वर्षीय सूर्य बिकको साथबाट ४ ग्राम ७ सय ५० मिलिग्राम, मोरङ कानेपोखरी-७ क ३८ वर्षीय जोनी राईको साथबाट २ ग्राम ६ सय १०मिलिग्राम, १९ वर्षीय अशोक कटुवाल र लेटाङ-६ का ३२ वर्षीय सनम राईको साथबाट ४ ग्राम ३ सय २० मिलिग्राम, उर्लाबारी-२ का ३३ वर्षीय मिलन ढकाल र ३३ वर्षीय  मुकुन्द दुलालको  साथबाट ४ ग्राम ६ सय ९० मिलिग्राम, झापा गौरादह-८ का २३ वर्षीय ओम नारायण ताजपुरियाको साथबाट १ ग्राम २ सय ७० मिलिग्राम, झापा कमल गाउँपालिका- २ का २७ वर्षीय समीर न्यौपाने र २७ वर्षीय  नीरज सुब्बाको साथबाट १ ग्राम ३ सय ६० मिलिग्राम, कमल गाउँपालिका-४ का ३०वर्षीय  इन्द्र लिम्बु र ३६ वर्षीय  सुमन राईको साथबाट २ ग्राम ८ सय ९० मिलिग्राम, झापा दमक-५ का २२ वर्षीय आशिष कुमार साह र २८ वर्षीय नीरज सुबेदीको साथबाट ३ ग्राम ७ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । 

सोही दिन उर्लाबारी नगरपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीले सोही स्थान कि ४९ वर्षीया लीला कुमारी थारु र उनको छोरा २५ वर्षीय  रञ्जित धामी थारु र २४ वर्षीय प्र बिन धामी थारुलाई ब्राउन सुगर  २ ग्राम ९ सय ६० मिलिग्राम, विभिन्न सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी झापा बिर्तामोड-५ स्थितबाट लागूऔषध ब्युरो काँकडभिट्टा टोलीले झापा मेचिनगर १० का २३ वर्षीय अङ्कित खरेललाई १ ग्राम ७ सय २० मिलिग्राम र निषेधित औषधी ९ क्याप्सुल सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।