धरान : प्रहरीले घरलाईनै लागुऔषध खरिद विक्री केन्द्र बनाएर कारोबार गर्दै आएका ५ जनाको समूहलाई शुक्रवार छापामारी ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार सुन्दरहरैँचा-५ का २३ वर्षीय सचिन घिमिरेको घरैबाट ब्राउन सुगर विक्री गरिँदै आएकोमा उनी सहित ५ जनालाई ब्राउन सुगर १ ग्राम र नगद ३९ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
कारोबारमा संलग्न पक्राउ पर्ने अन्य ४ जनामा इटहरी-१ का २६ वर्षीय अङ्कित तामाङ, सुन्दरहरैँचा-६ का २३ वर्षीय विवश लिम्बु, बेलबारी-११ का ३७ वर्षीय शिशिर राई र बेलबारी–११ की ३१ बर्षीया प्रमीला राई छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलियाको प्रहरी टोलीले घरबाटै नियन्त्रणमा लिएको हो ।
यसैगरी मेचीनगर-१० का ३३ वर्षीय मोहन चौधरी र मेचीनगर–१५ का ३४ वर्षीय डिपलेस मेचेलाई ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
उनीहरू इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त रूपमा चेकजाँच गर्दा पक्राउ परेका हुन ।
भोजपुर हतुवागडी गापा–६ का २० वर्षीय सन्तोष शङ्कर र मोरङ केराबारी-५ का२१ वर्षीय सरोज कार्कीलाई लागू औषध नियन्त्रण ब्युरो विराटनगरले १ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पाँचथरको मिक्लाजुङ गापा–८ का २८ वर्षीय मौसम लिम्बुलाई धनकुटाको चौबिसे गापा-१ ढिस्काबाट प्रतिबन्धित औषधी ट्रामाडोल ९०० चक्की र डिआइवाइयसई–२० चक्की ९०० गोटा सहित पक्राउ गरेको छ ।
लिम्बुलाई धनकुटाको ६ नम्बर बुधबारे प्रहरी चौकीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।