धरान:नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस धरान नगर अध्यक्षमा रतन शाक्य सर्वसम्मत चयन भएका छन् ।
धरानमा नगर स्तरीय ट्रेड युनियन काँग्रेसको शनिवार सम्पन्न प्रथम अधिवेशनले शाक्यको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन भएका छ ।
समितिको उपाध्यक्षद्धय गोपाल भट्टराई र जस्मिन लिम्बु, सचिव शङ्कर भण्डारी, सहसचिव रितेश चौधरी, कोषाध्यक्ष असीम सुनुवार चयन भएका छन् । सदस्यहरू कृष्ण खतिवडा, सुशीला बोहरा, रोहित,सुशील रहेका छन् ।
अधिवेशन नेपाल ट्रेड युनियन काङ्ग्रेस सुनसरी अध्यक्ष माधव चौधरीको अध्यक्षतामा भएको थियो ।
प्रमुख अतिथि राष्ट्रिय समितिका उपाध्यक्ष ज्योति कोइराला थिए । नेपाली काँग्रेस कोसी प्रदेश सदस्य किशोर राई, ट्रेड युनियन काँग्रेस कोसी प्रदेश सचिव उमनाथ आचार्य, नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेल, ट्रेडका प्रदेश सह सचिव पदम सुन्दर लिम्बू लगायत उपस्थित थिए ।