धरान : सुनचाँदी व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै धरानमा र्‍याली प्रदर्शन सहित इलाका प्रशासन कार्यालय धरानलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बिहीबार व्यवसायीहरूले धरान २ स्थित सुनचाँदी व्यवसायी सङ्घको कार्यालयबाट निकालिएको र्‍याली इलाका प्रशासन कार्यालय धरान परिसरमा सम्म पुगेको थियो ।

र्‍यालीमा व्यवसायीहरूले अनावश्यक कर खारेज गर !, बहुमूल्य हिरा पत्थरमा लगाइएको भ्याट खारेज गर ! सुनको भन्सार ६ प्रति शत कायम गर !,सुनचाँदीको कारोबारको लागि प्रस्ट नीति नियमावली निर्माण गर ! जस्ता नारा लगाएका थिए ।

नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला अध्यक्ष प्रदीप गहतराज र सुनसरी सुनचाँदी व्यवसायी सङ्घ जिल्ला अध्यक्ष राजेश श्रेष्ठको संयुक्त समुहले इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मी प्रसाद रेग्मीलाई ध्यानाकष्र्णपत्र बुझाएका छन् ।

सरकारले आव २०८२ – ०८३ प्रस्तुत बजेटले सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरेका छन् ।

अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ । व्यवसायीहरूले भने ‘सुन पनि विलासिताको वस्तु नभएको तर्क गर्दै आन्दोलनमा उत्रिएका हुन।

उनीहरूले सुनचाँदी कारोबारको लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी प्रस्ट नीति नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।sunchadi-andolan