धरान: इलाका प्रहरी कार्यालय दमकले शुक्रवार राती भाडाको कोठाबाट लागु औषध बेचबिखन गर्दै आएका ४ जना युवालाई लागू औषध सहित पक्राउ गरेको छ । 
गौरा दह–४ का २४ वर्षीय अनुभव दर्नालले दमक–५ मा भाडामा लिएको कोठामा प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
काठाबाट लागु औषधको कारोबारमा संलग्न पक्राउ पर्नेहरूमा दमक–१ का २६ वर्षीय सुरज कुमाल, दमक–६ का २९ वर्षीय सुमन दर्जी र दमक–७ का ३४ वर्षीय बिर बहादुर पौडेल छन् ।
 कोठाबाट युवकहरू सहित ५५० मिलिग्राम ब्राउन सुगर, लागु औषध ट्रानडोल ८०० क्याप्सुल, अनरगन–३५ चक्की ८०० गोटा र नगद १० हजार ५०० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।