धरान : धरान–५ सेउती खोलामा च्यानलिङको विवादको बेला असार २६ गते बिहीबार समाचार सङ्कलन पुगेका पत्रकारहरूलाई दुर्व्यवहार गरेको टिएलो अध्यक्ष कवि याक्खा र मणिराज राईले आज मङ्गलवार इलाका प्रहरी कार्यालयमा क्षमायचना गरी अब आइन्दा पत्रकार, सञ्चारकर्मीप्रति सम्मानको भावना राख्ने, कुनै पनि हुल हुज्जत नगर्ने प्रतिबद्धता प्रकट छन् ।  
प्रहरी निरीक्षक कोमल ठाकुरको रोहबरमा नेपाल पत्रकार महासङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, पत्रकारहरू कपुरी न्युजकी रश्मी प्रधान, कोले न्युजका रोहित कुलुङ राई, गणतन्त्र एफएमका डेबिट बस्नेतसँग क्षमा याचना गर्दै आगामी दिनमा पुनः कसैसँग यस्तो व्यवहार नदोहोर्‍याउने प्रतिबद्धता जनाएका हुन ।  
इलाका प्रहरी कार्यालयमा नेपाल पत्रकार महासङ्घका सभापति सन्तोष काफले, निवर्तमान अध्यक्ष जनक ऋषि राई, पूर्व अध्यक्ष हर्ष सुब्बा, सचिव विनय बाह्र कोटी सहित धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बु, वडा सदस्य सुनिता राईको मध्यस्थतामा उनीहरूले माफी मागेका हुन ।
सेउती खोलामा आउने बढीलाई च्यानलिङ गर्ने क्रममा नगर प्रमुख हर्क साम्पाङले जेसीभी लगेर काम सुरु गरेपछि धरान–१५ र धरान–५ का समुदाय बिच विवाद उत्पन्न भई झडपको स्थितिमा रिपोर्टिङ गर्न पुगेका पत्र कारहरूसँग उनीहरूले दुर्व्यवहार गरेका थिए ।
घटना लगत्तै पत्रकार महासङ्घको टोली सहित पीडित पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न सुरक्षा माग सहित दोषीलाई कारबाहीको माग गर्दे उनीहरूलाई कारबाहीका दायरामा ल्याउन इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
उनीहरूले विवाद भइरहेको अवस्थाको भिडियो खिचेकै बेला ‘किन भिडियो खिचेको, कुन पार्टीको पत्रकार हो ? झोलेहरूलाई कुटेर खोदाउनु पर्छ, पार्टीले पठाएको होला’ भनी गालीगलौज गर्दै हातपात गर्ने प्रयास गरेका थिए ।
maphi-11