धरान : जेन-जीले शान्तिपूर्ण आन्दोलनको कार्यक्रम सकिएको घोषणा गरेपछि धरानमा भएको तोडफोड र आगजनीका दोषीहरूलाई कानुनको दायरामा ल्याई कारबाही गर्न ‘सर्वपक्षीय नागरिक बचाउ अभियान’ले माग गरेको छ ।

अभियानले आज शनिवार साँझ नागरिक अपिल जारी गर्दै उक्त माग गरेको हो । अपिलमा भदौ २३ मा भएको शान्तिपूर्ण आन्दोलनका कारण प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि भदौ २४ गते साढे ४ बजे जेन-जीका युवाहरूले कार्यक्रम सकिएको घोषणा गरेपछि सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गरिएको उल्लेख छ ।

अपिलमा भनिएको छ ‘उक्त घट्नामा संलग्न जो कोहीलाई कानुन अनुसार हदै सम्मको कारबाहीको लागि सम्बन्धित निकायमा जोडदार माग गर्दछौँ ।’

धेरै आन्दोलनकर्मीहरू घर फर्किएको बेला केही आपराधिक मानसिकता बोकेका झुण्डले प्रतिशोध साँध्ने नियतबाट पार्टी कार्यालयहरू, व्यावसायिक भवन (भाटभटेनी), नागरिक अगुवाहरूको व्यक्तिगत सम्पत्तिमा तोडफोड गरी लुटपाट मच्चाएको घट्नाप्रति अपिलमा घोर भर्त्सना गरिएको छ ।

धरान-१० स्थित भाटभटेनीको भवनमा तोडफोड, लुटपाट गरी आगजनी समेत गरिँदा भित्रै फसेका ४ जनको मृत्यु भएको उनीहरूको शवको अवशेष बरामद गरी प्रहरीले पुष्टि गरिसको छ ।

उक्त घट्ना पछि धरानका आम जनतामा असुरक्षाको कारण पैदा भएको डर, त्रासप्रति धरानमा २० वटै वडाका क्रियाशील व्यक्तित्व र नागरिक अगुवाहरू सम्मिलित ’सर्वपक्षीय नागरिक बचाउ अभियान २०८२’ गठन गरी नगरवासीको शान्ति सुरक्षा कायम गराउन लागि रहेको अपिलमा उल्लेख छ ।

अपिलमा भनिएको छ ‘यस्तो विषम परिस्थितिमा नवनिर्वाचित प्रतिनिधि नगर प्रमुख बेखबर झैँ लाग्ने गरी व्यक्तिगत सरोकारको स्ट्याटस मात्र पोष्ट गर्नुबाट उहाँको उद्देश्य र सरोकार प्रस्ट देखिन्छ ।’

अपिलको पूर्ण विवरण यस्तो छ :


local team PR