सुनसरी : नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको एकैपटक सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार काठमाडौँ उपत्यका, विभिन्न जिल्ला र केन्द्रीय निकायमा कार्यरत एसपीहरूको सरुवा गरिएको हो।

सुनसरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपी सुमनकुमार तिम्सिनालाई कोसी प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा विराटनगर सरुवा गरिएको छ। तिनको स्थानमा एसपी केशब कुमार थेबे नयाँ प्रमुखका रूपमा आउने भएका छन्।

त्यसैगरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एसपी दीपक गिरीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सरुवा गरिएको छ।

यससँगै काठमाडौँ प्रहरी परिसर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लगायतका महत्त्वपूर्ण निकायमा समेत व्यापक सरुवा गरिएको छ।

सरूवा सूची :