इटहरी : राजस्व अनुसन्धान कार्यालय इटहरीले जेन-जी आन्दोलनको क्रममा लुटिएको सामान फिर्ता गर्न आग्रह गरेको छ। सरल भाषामा सूचना जारी गर्दै कार्यालयले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने मनसायले लैजानु भएको सामान फिर्ता गर्न आग्रह गरेको हो ।
भदौ २३ र २४ गते प्रदर्शनीका क्रममा राजस्व अनुसन्धान कार्यालयमा रहको सवारी साधनहरू, जिन्सी, नगद, फर्निचर, कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका विद्युतीय उपकरणहरू आगजनी एवं लुटपाट भएको जनाइएको छ । असोज २ गते प्रकाशित सूचनामा लुटपाट बाट बचाउन लगेको  सामानहरू कार्यालयमा यथावस्थामा बुझाइदिनुहुन अनुरोध गरिएको हो।
आगजनी तथा लुटपाटका क्रममा भएका सम्पूर्ण घटना र गतिविधिको सिसिटिभी फुटेज र भिडियो सुरक्षित रहेकाले सार्वजनिक सम्पत्ति फिर्ता नगरेको खण्डमा सोही आधारमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।
itahari custom office