वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.२ चतरा स्थित जोरखम्बामा रहेको श्री भूवराह रामानुज पीठमा श्री भूवराह मन्दिरको जीर्णोद्धार र निर्माणाधीन मन्दिरको निर्माणको सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिने भएको छ ।

श्री १००८ डाक्टर यतिराजाचार्य स्वामीजी प्रमुख प्रचारक रहेको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ भोली असोज २४ गतेबाट सुरु भई कात्तिक १ गतेसम्म आयोजना हुने भू वराह रामानुज पीठमा पिठाधिस श्री १००८ अनिरुद्राचार्य स्वामीजीले जानकारी दिए ।

पीठमा रहेको भूवराह मन्दिरको जीर्णोद्धार सँगै निर्माणाधीन भवन निर्माण सम्पन्नकालागि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिने बिहीबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आयोजक श्री भूबराह रामानुज पीठले जानकारी दिएको हो ।

सनातन संस्कृतिको रक्षा, धर्मशाला, पाठशाला, गौशाला, पाकशाला लगायतका सेवाहरूको बिस्तारकालागि आयोजना हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा देशमा रहेका सन्त, महन्त, मठाधिस, पिठाधिसहरुको आगमन रहने कार्यक्रमको संयोजक लोकनाथ भट्टराईले बताए ।

Chatara mahayagya