धरान : धरानस्थित प्राइम भिजन इन्टरनेशनल कलेजले शिक्षण विकास कार्यशालाबाट तयार गुणस्तर सुधार प्रतिवेदन लागु गरिने भएको छ । कलेजले मङ्गलवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरी प्रतिवेदन लागु गर्ने प्रतिबद्धता जनाएको हो ।
प्रतिवेदन नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनाको शिक्षण अभ्यास र अवलोकन कार्यशालाको आधारमा तयार पारेका हुन । प्रतिवेदनमा कलेजका अध्यापन शैली, प्रविधिमूलक सिकाइ, परियोजना–आधारित शिक्षण र शिक्षा योजना परिमार्जन गरी आवश्यक सुधारका ४ प्रमुख कुरा पहिचान गराइएको छ ।
कलेजका सिइओ अभिषेक श्रेष्ठले प्रतिवेदन शिक्षक र विद्यार्थीको क्षमता अभिवृद्धि तथा शैक्षिक स्तर उकास्न व्यावहारिक निर्देशिकाको रूपमा लागु गरिने बताए । निर्देशक दङ्गा सुवेदीले प्रतिवेदनका सुधार बुँदाहरू कार्यान्वयनको नियमित अनुगमन गरिने बताए ।
एसियन एजुकेसन रिभ्यूले घोषणा गरेको ‘एसिया टप १० होटेल म्यानेजमेन्ट कलेज २०२५’ मा प्राइम भिजन इन्टरनेशनल कलेज परेको जानकारी दिइएको छ ।


































































