धरान : सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी कप फुटबल’को पहिलो क्वाटर फाइनल खेलमा सुनाखरी रेडले लर्डवुद्ध स्कुललाई २-१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

दोस्रो खेलमा सैनिक आवसिय स्कुलले प्रभात ईग्ङलिस बोडिङ स्कुललाई ३-१ ले हराउँदै सेमी फाइनलमा पुगेको छ ।

पहिलो खेलको सुनाखरी रेडका श्री हाङग लिम्बुले पहिलो हाफको २० मिनेटमा र २८ मिनेटमा २ गोल गरेका थिए भने लर्डवुद्धका रिमान्ट कुमार विष्टले पहिलो हाफको २२ मिनेटमा १ गोल गरेका थिए ।

दोस्रो खेलमा सैनिक आवसियका अनमोल झाले पहिलो हाफको २० मिनेटमा १ गोल गर्दे खाता खोलेका थिए । दोस्रो हाफको ४५ औँ मिनेटमा र ६२ मिनेटमा २ गोल गरेका थिए भने प्रभातका खानुहाङल खेलको ३० औँ मिनेटमा १ गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच सुनाखरी रेडका अनस गुप्ता र सैनिक आवसियका कुशल तामाङ घोषित भए। उनीहरूले नगद १-१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन् ।सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ ।

man-of-the-match