धरान : धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको आज शनिवार भएको खेलमा धरान ११ ले धरान १९ लाई २–० गोलले पराजित गर्दे क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटमा पहिलो हाफको पाँचौँ मिनेटमा धरान ११ की प्रश्ना राईले १ गोल गरिन् ।

पहिलो हाफकै २७ मिनेटमा शिक्सा याक्खा थपेकी १ गोल खेलको निर्णायक बन्यो । खेल अवधिभर धरान १९ बाट कुनै गोल भएन ।

खेलको ‘फेयर प्ले अफ द म्याच धरान ११ की शिक्सा याक्खा घोषित भइन् ।शिक्साले नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

मङ्सिर २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ९० हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछ । व्यक्तिगत विधातर्फ ‘फेयर प्ले अफ द म्याच’ विजेताले २ हजार, उत्कृष्ट मिड फिल्डर र किपरले ३ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना जनपथ जागरण समाज, धरान १६ ले गरेको हो ।

man-of-the-mathch