धरान : धरान उप–महानगरपालिकाका अन्तर विद्यालय स्तरीय गायन प्रतियोगिता ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ को विजेता ह्यापिसन लिम्बू बनेका छन्
सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको विजेता धरान १३ स्थित पब्लिक माध्यमिक विद्यालय, फुस्रेका ह्यापिसन लिम्बू,फस्ट रनर अप लोटस इङ्लिस बोर्डिङ स्कुलका
खुसी भुजेल,सेकेन्ड रनर अप विजयपुर माध्यमिक विद्यालयकी मेलिसा बराइली,
थर्ड रनर अप डिपोट माध्यमिक विद्यालयकी प्रज्ञा राई बनेका छन् भने व्यक्तिगत विधा तर्फ वेस्ट भोकलिष्ट सुनाखरी एकेडेर्मीका अर्मन श्रेष्ठ,मस्ट एक्टिभ मेरिल्यान्ड इङ्लिस बोर्डिङकी नितु तामाङ,मस्ट पन्चुअल जेम सेकेन्डरी इङ्लिस स्कुलकी जेनिशा राई,
मस्ट डिसिप्लिन विजयपुर माध्यमिक विद्यालयका विवेक बिशुन्खे,पर्फेक्ट पिच जेनिथ इङ्लिस स्कुलका इस्मान गजमेर,वेस्ट परफमेन्स हिबिस्कस इङ्लिस बोर्डिङका सबिन बोहरा,वेस्ट प्रेजेन्टेसन विष्णु मेमोरियलका
सुमेधा घिमिरे,इन्करेजमेन्ट अवार्ड ज्ञान कुञ्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ,वेस्ट रिदम च्याम्पियन सेकेन्डरी बोर्डिङका सागर गजमेर,वेस्ट सङ सेलेक्शन शिक्षा सन्देश सेकेन्डरी स्कुलका अभिषेक रसाइली रहेकी छिन ।
कार्यक्रम र्याडिकल लाइट नेपाल प्रालिद्वारा आयोजना गरिएको हो ।
विजेताहरूलाई धरान उप–महानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा,हास्य कलाकार तथा अभिनेता गणेश इसारा राई, समाजसेवी नवीन राई लगायतले प्रमाणपत्र वितरण गरेका थिए।
मुख्य अतिथि बेघाले गायनमा रुचि भएका विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्न यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने बताए। प्रतियोगिताको निर्णायक मण्डलमा सङ्गीतकर्मी प्रशान्त शर्मा र विनायक राई रहेका थिए।
र्याडिकल लाइटका अध्यक्ष तीर्थ कार्कीले प्रतिभाको निष्पक्ष मूल्याङ्कन लागि यस वर्ष भोटिङ सिस्टम हटाई १०० प्रतिशत निर्णायकको निर्णयलाई आधार बनाइएको बताए।उनले भने “यसले वास्तविक प्रतिभा उदाएर आएको छ।,”
विजेताहरूलाई आगामी शुक्रवार नगद पुरस्कार वितरण गरिने अध्यक्ष कार्कीले बताए ।कार्यक्रमको सञ्चालन सुस्मिता लिम्बू र सन्देश तिम्सिनाले गरेका थिए।

































































