धरान  : धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको खेलमा धरान  ११ ले  धरान १३ लाई  ६–० गोलको फराकिलो अन्तरले पराजित  गर्दे सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको खेलमा धरान ११ का खेलाडी अमृता राईले १४ औ मिनेटमा १ गोल,शिक्सा याक्खाले १७ औ र ३५ औ मिनेटमा २ गोल, प्रश्ना राईले खेलको २६ औ र ३२औ मिनेटमा २ गोल र अनिसा राईले ४३ औँ मिनेटमा १ गोल गरिन् ।

खेलको ‘फेयर प्ले अफ द म्याच धरान ११ की अमृता राई घोषित भइन् । राईले नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

मङ्सिर २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ९० हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछ ।

व्यक्तिगत विधातर्फ ‘फेयर प्ले अफ द म्याच’ विजेताले २ हजार, उत्कृष्ट मिड फिल्डर र किपरले ३ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना जनपथ जागरण समाज, धरान १६ ले गरेको हो ।

भोली हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेल धरान १७ र २० का बिच हुने आयोजकले जनाएको छ ।