धरान : धरानमा सक्रिय सामाजिक व्यक्तित्व तथा सिद्धि नेवा परिषद्का संस्थापक सदस्य एवं पूर्व अध्यक्ष सरला कायस्थ (सिद्धी नेवा) लाई सिद्धि नेवा परिषद्को १९औँ वार्षिक साधारण सभामा विशेष रूपमा अभिनन्दन गरिएको छ।
परिषद्को १९औँ वार्षिकोत्सव तथा संस्थापक दाता सिद्धिमान र गङ्गालक्ष्मी पलिखेको १६२औँ जन्म जयन्तीको अवसरमा बुधवार आयोजित कार्यक्रममा कायस्थलाई नेवार समुदायको भाषा, संस्कृति र संस्कारको उत्थान तथा परिषद्को वृद्धि विकासमा पुर्याएको उल्लेख्य योगदानकालागि अभिनन्दन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ गीतका गीतकार श्याम टमोट, संस्थापक अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठ, सभाध्यक्ष राज विमल श्रेष्ठलगायतले सम्मान प्रदान गरेका थिए।
परिषद्ले नेवा समुदायका विद्यार्थीहरूलाई प्रदान गर्दै आएको वार्षिक छात्रवृत्ति तथा पुरस्कार कार्यक्रममा यस वर्ष २१ जनालाई नगद १०१० हजार रुपैयाँका दरले सम्मान गरिएको छ। यसैगरी परिषद्ले वार्षिक प्रदान गर्दै आएको नेवा समुदायका विद्यार्थीहरू छात्रवृत्ति पुरस्कार २१ जनालाई नगद १०/१० हजार रुपैयाँको दरले वितरण गरेको छ ।
गत वर्षको एसइईमा उत्कृष्ट अङ्क ल्याउने ९ जना अयुव श्रेष्ठ, सौजन श्रेष्ठ, विवेक श्रेष्ठ,नम्रता प्रधान,अभिनाश श्रेष्ठ,सुशान्त श्रेष्ठ, निभि श्रेष्ठ,सौर्य श्रेष्ठ,अनुष्का शाहीले उक्त पुरस्कार प्राप्त गरे । प्लस टु उत्तीर्ण ७ जना अर्निमा श्रेष्ठ, मनोज श्रेष्ठ, अस्मिता श्रेष्ठ, आर्यन श्रेष्ठ,लस्करा श्रेष्ठ,नितेश श्रेष्ठ, आकृति नेवारलाई छात्रवृत्ति पुरस्कार प्रदान गरियो । इन्जिनियरिङमा उत्कृष्ट अङ्क ल्याएका ५ जना स्वयम श्रेष्ठ ,यूवसन श्रेष्ठ, अनिल श्रेष्ठ,रोमी श्रेष्ठ, प्रकाश श्रेष्ठले पनि उक्त पुरस्कार प्राप्त गरे ।
धरान उप–महानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले संस्कार र संस्कृति जोगाउँदै अध्ययन–अध्यापनमा समर्पित विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरेका छन्।
परिषद्का अध्यक्ष राज विमल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उनले संस्थाले समाजसेवा र नेवा संस्कृति र परम्पराको जगेर्ना गर्दै आएको बताए । उनले संस्कार र संस्कृति तँ जोणर्ना गर्न खल पुच सक्रिय रहेका छन् तर नयाँ पुस्ताले भाषा बिर्सँदै गएकोमा चिन्ता जनाए ।
वार्षिक साधारण सभा समेत आयोजना गरिएको कार्यक्रममा परिषद्का कोषाध्यक्ष मुकुल कायस्थले संस्थाको वार्षिक आयव्ययका साथै सम्पत्तिको विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रम सचिव मोहन श्रेष्ठले सञ्चालन गरेका थिए।कार्यक्रममा परिषद्का सदस्य लगायत दाताहरूको उलेख्य उपस्थिति रहेको थियो ।

































































